सिटी एक्सप्रेस र बैंक अल बिलाद बिच रेमिटान्स सम्झौता
काठमाडौं । साउदी अरबको ख्याति प्राप्त बैंक अल बिलाद, एन्जाज सर्भिस सेन्टर र सिटी एक्सप्रेस मनी ट्रान्सफर बिच रेमिटान्स सेवा प्रसम्भ भएको छ ।
एन्जाज सर्भिस सेन्टरको १७९ रेमिटान्स सेन्टरहरु बाट नेपालीहरुले नेपालमा सिधैं नगद पठाउन वा नेपालमा रहेको कुनै पनि बैंक खातामा रकम जम्मा गर्न सक्ने छन् ।
हस्ताक्षर समारोहमा सिटी एक्सप्रेसको तर्फ बाट सिटी एक्सप्र्ेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र अल बिलाद बैंकको तर्फबाट बैंक प्रमुखहरु साद अल द्रीस र अह्मेद अल एनाजिले हस्ताक्षर गर्नुभएको छ ।
समारोहमा सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र अल बिलाद बैंकका उच्च अधिकारीहरु र प्रमुखहरुको उपस्थिती थियो । अल बिलाद बैकंले सिटी एक्सप्रेससंग सिधा रेमिटान्स सम्झौता भएकोमा खुशि ब्यक्त गर्दै आगामी दिनहरु मा सिटी एक्सप्रेससंग नयाँ प्रबिधि अनुसार सहकार्य गर्दै जाने जानकारी दिनु भयो ।
सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत ११ बर्ष देखि बिश्व भरी आफ्नो रेमिट एजेन्टहरु बाट ५५०० भन्दा बढि नेपालको एजेन्टहरु मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्