रुरल माईक्रोफाईनान्सको २० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं । रुरल माईक्रोफाईनान्सले गतबर्षको मुनाफाबाट २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । माइक्रोफाइनान्सले ५ प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
माईक्रोफाईनान्सले अघिल्लो बर्ष कम्पनीले १० प्रतिशत बोनस र १० प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृती दिएपछि र कम्पनीको साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।

माईक्रोफाईनान्सले ३ करोड ४६ लाख रुपैयाँ बराबरको बोनस तथा १० करोड ३८ लाख बराबरको नगद लाभांश वितरण गर्नेछ । बोनसपछि कम्पनीको चुक्ता पूँजी ६२ करोड १७ लाख रुपैयाँ पुग्नेछ । त्यस्तै कम्पनीको जगेडाकोषमा एक अर्ब ३१ करोड ५३ लाख रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्