थप १,०८९ जनामा कोरोना संक्रमण पुष्टि, २० जनाको मृत्यु
काठमाडौं, भदौ २० । पछिल्लो २४ घण्टामा १, ०८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ९ सय ७१ जनामा गरिएको परीक्षणमा १ हजार ८९ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार २४ घण्टामा २० जना संक्रमितको मृत्यु भएको छ भने १५ सय ३४ जना निको भएर फर्किएका छन् । अहिले देशभर ३१ हजार २ सय ४८ जना सक्रिय संक्रमित रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्