विद्यालय खोल्ने तयारीमा काठमाडौँ महानगर
काठमाडौँ, भदौ १७ । काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका विद्यालय खोल्ने तयारी थालेको छ ।काठमाडौँ जिल्ला प्रशासन कार्यालयले विद्यालय सञ्चालनमा केही खुकुलो नियम जारी गरेसँगै विद्यालय खोल्ने तयारी थालीएको हो ।
बुधबार काठमाडौँ उपत्यका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले विद्यालय लगायत अन्य क्षेत्र सञ्चालनमा खुकुलो गर्ने निर्णय गरेसँगै महानगरले विद्यालय सञ्चालनको तयारी गरेको हो ।
विद्यालय सञ्चालन बारे बृहत रुपमा छलफल अघि बढेको काठमाडौँ महानगरपालिका शिक्षा विभाग अधिकृत मोतिराज खनालले बताए । उनका अनुसार विद्यालय कसरी खोल्ने गर्ने भन्ने विषयमा छलफल चलिरहेको छ ।
बैकल्पिक माध्यमबाट सबै विद्यार्थीहरुको अध्यापनलाई समेटन नसकेकाले चाडै विद्यालय सञ्चालन गर्ने विषयमा निर्णय हुने उनको भनाइ छ ।
‘विद्यालय सञ्चालनको विषयमा छलफल चलिरहेको छ तर कहिलेबाट सञ्चालन गर्ने भनेर निर्णय भने नभएको उनले बताए ।
प्रतिक्रिया दिनुहोस्