सिरियामा जारी हमला : दैनिक पाँच घन्टा रोक्न रुसी राष्ट्रपतिको निर्देशन

काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले सिरियामा विद्रोही समूहको कब्जामा रहेको गुटामा जारी हमला तत्काल रोक्न निर्देशन दिएका छन् ।

राष्ट्रपति पुटिनले दैनिक ५ घण्टा आक्रमण रोक्न निर्देशन दिएका हुन् ।

अब सिरियामा स्थानीय समयअनुसार बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म आक्रमण नहुने रुसी रक्षामन्त्री सर्गेयु सोएगुले जानकारी दिएका छन् ।

रुसी सहयोग पाएको सिरियाली सरकारले विद्रोही नियन्त्रित गुटा क्षेत्रमा भिषण आक्रमण गर्दै आएको थियो ।

आक्रमणमा नागरिक धेरै परेको भन्दै विश्व समुदायले आलोचना गरेपछि रुसले दैनिक पाँच घण्टा आक्रमण रोक्न निर्देशन दिएको हो ।

सो क्षेत्रमा ३ लाख नागरिक फसिरहेको र तिनीहरुको रक्षाका लागि आक्रमणमा रोक लगाइएको बताइएको छ ।

सो क्षेत्रमा विगत आठ दिनदेखि जारी आक्रमणमा ५ सयभन्दा बढी नागरिकको ज्यान गइसकेको छ ।

सिरियामा युद्धविराम गर्न संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्मा सहमति भए पनि त्यसको पालना भने भएको छैन ।

प्रतिक्रिया दिनुहोस्