प्रदेशसभामा अनुभवहीन कर्मचारी

काठमाडौं– संघीय संसद सचिवालयले पठाएका कर्मचारी सातै प्रदेशबाट फर्कने भएपछि प्रदेशसभा सञ्चालनमा समस्या उत्पन्न हुने देखिएको छ । उनीहरू आज फागुन १५ देखि फर्कंदै छन् । कर्मचारी फर्किएसँगै संसद् सञ्चालनको अनुभव नभएका विभिन्न निकायका निजामती कर्मचारीको जिम्मामा प्रदेशसभा पुगेको छ ।

प्रदेश २ का सभामुख सरोजकुमार यादवले संसद् सचिवालयले पठाएका कर्मचारी फर्किएसँगै सभा सञ्चालन गर्न कठिनाइ हुने बताए । ‘सरकारले आवश्यक कर्मचारी पठाइसकेको छैन, आएकासँग संसदीय अभ्यासको अनुभव छैन,’ उनले भने ‘संसद् सचिवालयले सुरुमै चार कर्मचारी पठाएको थियो । तिनै कर्मचारीको बलमा छोटो अवधिमा सभा सञ्चालन सुव्यवस्थित भएको हो ।’

सरकारको आग्रहपछि संघीय संसद् सचिवालयले सहसचिवको नेतृत्वमा एक उपसचिव, एक शाखा अधिकृत र एक प्रावधिक कर्मचारीसहित चारजनाको टोली सातवटै प्रदेशसभामा माघको दोस्रो साता पठाएको थियो । आजको कान्तिपुरमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्