कर्णालीमा छाउपडीको डरलागदो तथ्यांक ,५६ प्रतिशत महिला छाउगोठमा

काठमाडौँ  ।  कर्णालीमा छाउपडीको डरलागदो तथ्यांक सार्वजनिक गरिएको छ । कर्णालीका मुगु, जुम्लार कालिकोटका साविकका २१ गाउँ विकास समितिमा गरेको अध्ययनअनुसार कुनै न कुनै रुपमा अहिले पनि छाउपडी प्रथा डरलाग्दो अवस्थामा रहेको पाइएको हो ।

जातिगत हिसाबले ब्राह्मण ५५.९५, क्षेत्री ५.२५, दलित ४१.५५ र ठकुरीका २९.७५ प्रतिशत महिला छाउगोठमा बस्ने गरेको पाइएको भेरी वातावरण विशिष्टता समूहले जनाएको छ । कालिकोटको साविक खाँडाचक्र नगरपालिका र तिलागुफा नगरपालिका साविक ७ गाविस र १६ वटा वडामा गरिएको अध्ययनमा यो तथ्य फेला परेको हो ।

प्रतिक्रिया दिनुहोस्