सय रुपैयाँमा पनि नबिकेको एभरेष्ट बैंकको ३५,८४१ कित्ता शेयरको लिलामी खुल्यो

काठमाडौं । लिलाम बढाबढमा सय रुपैयाँमा पनि नबिकेको एभरेष्ट बैंकको ३५,८४१ कित्ता शेयरको लिलामी खुलेको छ । बैंकले पुनः लिलामी प्रक्रियाबाट बिक्री गर्न लागेको हो । बैंकको लिलामीको सेयरमा यही असोज २० गतेदेखि २७ गतेसम्म आवेदन दिन सकिनेछ ।

यसअघि २ लाख ५३ हजार कित्ता शेयर लिलामी गर्दा आवेदन नपरेर बाँकी रहेको ३५,८४१ कित्ता शेयर बिक्री गर्न शिलबन्दी बोलपत्र आह्वान गरेको छ ।
यसअघिको लिलामीमा केही लगानीकर्ताले एभरेष्ट बैंकको सेयर सय रुपैयाँमै हात पारेका थिए ।
एभरेष्टले भदौ २५ गतेदेखि असोज १ गतेसम्म सर्वसाधारण समूहको २ लाख ५३ हजार ७९७ कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको थियो । जसमा २ लाख १७ हजार ९५६ कित्ता सेयरमा मात्र आवेदन परेको थियो ।

प्रतिक्रिया दिनुहोस्