देशभर थप २,२९५ जनामा कोरोना संक्रमण पुष्टि, १६ को मृत्यु
काठमाडौं, भदौ १४ । देशभर थप दुई हजार दुई सय ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार साँझ सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घन्टामा पिसिआर परीक्षणमा एक हजार नौ सय दुई र एन्टिजेन परीक्षणमा तीन सय ९३ जनामा संक्रमण देखिएको हो ।
यो अवधिमा ११ हजार आठ सय ९२ जनाको पिसिआर परीक्षण र चार हजार तीन सय ४१ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । सोमबार एक हजार आठ सय आठजना कोरोना संक्रमणमुक्त भएका छन् ।
पछिल्लो २४ घन्टामा १६ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म मृत्यु हुने संक्रमितको संख्या १० हजार सात सय ३० पुगेको छ ।
हाल देशभर ३५ हजार आठ सय ७४ जना सक्रिय संक्रमित रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्