त्रिभुवन विमानस्थलमा कार्यरत दुई प्रहरी घुस लिएको आरोपमा पक्राउ

काठमाडौं, भदौं १३ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत दुई प्रहरी घुस लिएको आरोपमा पक्राउ परेका छन् ।

काठमाडौंको बौद्ध बस्ने एक महिलासँग घुस लिएको आरोपमा प्रहरी वृत बौद्धबाट खटिएको टोलीले प्रसनि (असई) सञ्जीव बस्नेत र जवान सुरज खड्कालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश बस्नेतले जानकारी दिए ।

केन्द्रीय प्रहरी विशेष कार्यदल, कपनमा दरबन्दी भएका बस्नेत र खड्का विमास्थलमा कार्यरत थिए । उनीहरुले बौद्धकी एक महिलालाई ‘तपाईसँग लागु औषध रहेको सूचना पाएका छौं, पैसा नदिए पक्राउ गर्छौं’ भनेर ९० हजार घुस लिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।

पक्राउ गरिएका प्रहरी कर्मचारीलाई विभागीय कारवाही गरिने एसपी बस्नेतले बताए ।

प्रतिक्रिया दिनुहोस्