टिकापुर घटनाका मुख्य आरोपी मानिएका रेशम चौधरीद्धारा आत्म समर्पण

काठमाडौं । टिकापुर घटनाका आरोपी रेशमलाल चौधरीले सोमवार जिल्ला अदालत कैलालीमा आत्म सर्मपण गरेका छन् ।
उनले अदालत सामु आत्म सर्मपण गरेका हुन । टिकापुर घटनाका आरोपी रेशम चौधरी प्रहरीको फरास सूचीमा रहेका थिए । मंसिर २१ गते सम्पन्न भएको प्रतिनिधीसभा निर्वाचनमा कैलाली जिल्लाको क्षेत्र नं १ बाट राजपाका तर्फबाट वारेसनामा मार्फत उम्मेदवारी दिएका थिए । प्रतिनिधीसभामा भारी मतान्तरले निर्वाचित भएका थिए ।

कैलाली क्षेत्र नं १ थारु बाहुल्य क्षेत्र हो । प्रहरीको फरार सूचीमा भएपनि रेशम लाल चौधरीले लुकीछिपी चुनावको प्रचार प्रशार गरेका थिए ।
चौधरीले पूर्वानुमान विपरित वाम र लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुलाई झण्डै २१ हजारको फराकिलो अन्तरले हराएका थिए । चौधरी ३४ हजार ३४१ मतसहित निर्वाचित हुँदा उनको निकटतम प्रतिस्पर्धी वाम गठबन्धबाट एमाले उम्मेदवार मदन कुमारी शाह (गरिमा)ले १३ हजार ४०६ मत मात्र प्राप्त गरेकी थिईन ।

चौधरी र शाहबीचको मतअन्तर २० हजार ९३५ रहेको थियो । कांग्रेसकी उम्मेदवार इश्वरी न्यौपाने तेस्रो स्थानमा रहेकी थिईन । उनको मत ११ हजार २०३ थियो ।
चुनाव जितेपछि रेशमलाल चौधरीले जनताले सिंहदरवारको ढोका आफ्नोलागि खेलीदिएको प्रतिकृया दिदै आएका थिए । उनले प्रहरीलाई पक्रेर देखाउन चुनौती समेत दिदै आएका थिए । प्रहरी आफुहरु कानुनको पालना गर्ने भएकाले अभियूक्तलाई खोजेर पनि गिरफ्तार गरि रेशमलाई पक्रिएर अदालत बुझाउने बताउदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्