आपसी द्वन्द्वले कक्षा १२ को परीक्षा अन्योलमा

काठमाडौं, भदौ ७ । कक्षा १२ को परीक्षा कहिले हुने अझै अन्योल कायम छ । परीक्षा मिति तोक्नुपर्ने राष्ट्रिय परीक्षा बोर्डमा यसबारेमा औपचारिक छलफलसमेत हुन सकेको छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय बीचको आपसी द्वन्द्वले कक्षा १२ को परीक्षामा अन्योल बढेको हो ।

साउन ३१ बाट कक्षा १२ को परीक्षा सञ्चालन हुने भएको थियो । कोभिड–१९ को तेस्रो लहर सुरु भयो भन्दै त्रास फैलिएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ९सीसीएमसी०ले पुर्नरावलोकन गर्नू भनेपछि बोर्डले परीक्षा स्थगित गरेको थियो ।

परीक्षा स्थगित भए पनि पसल, बजार, यातायात, अफिस तथा रेस्टुराँ सबै खुला नै थिए÷छन् ।

त्रिभुवन विश्वविद्यालय र लोक सेवा आयोगले परीक्षा सञ्चालन गरिरहे भने अझै गरिरहेका छन् । तर, दुई–दुईपटक रोकिएको कक्षा १२ को परीक्षा गर्न सरोकारवाला अग्रसर भएको देखिन्न ।

 

प्रतिक्रिया दिनुहोस्