देशभर मौसम बदली, यी प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौं, भदौं ७। अहिले देशभर मौसम बदलीको अवस्था रहेको जनाइएको छ । अहिले प्रदेश–१, वागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम खालको वर्षा मौसमविदले जनाएका छन् ।
नेपालमा अहिले मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । न्यून चापीय रेखा नेपालभन्दा केही दक्षिणतिर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर सामान्य बदली रहने छ । केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना । प्रदेश–१, वागमती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।
आज राति देशभर सामान्य बदली रहने छ । धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । लुम्बिनी, गण्डकी र वाग्मती प्रदेशको एक वा दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।
पहाडी भू–भागमा पहिरो र गेग्रान बहावको जोखिम तथा नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ
प्रतिक्रिया दिनुहोस्