अध्यादेशविरूद्ध सर्वोच्चमा ६ रिट दर्ता, पहिलो सुनुवाइ अर्को हप्ता हुने

काठमाडौं, भदौ ३ । राजनीतिक दलसम्बन्धी अध्यादेशविरूद्ध अहिलेसम्म सर्वोच्च अदालतमा छ वटा छुट्टाछुट्टै रिट दर्ता भएका छन् ।

अधिवक्ता प्रवेश केसी, अर्जुनकुमार अर्याल र सकुन्तला भुषाल, निवेश लम्साल र अनुपा अर्याल, श्रीकान्त बराल लगायतले बिहीबार अध्यादेशविरूद्ध सर्वोच्चमा छुट्टाछुट्टै रिट दिएका हुन् ।

यता ती सबै रिट संवैधानिक इजलासका लागि दर्ता भएको सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले जानकारी दिएका छन् । अब यी रिटमाथिको पहिलो सुनुवाइ भने अर्को हप्ता हुनेछ।

६ वटा रिट संवैधानिक इजलासमा दर्ता भएको र सम्भवतस् यी सबै रिटमाथिको पहिलो सुनुवाइ अर्को हप्ताको शुक्रबारसम्म हुने दाहालले बताए ।

मन्त्रिपरिषदले संसदीय दल वा केन्द्रीय समितिमा २० प्रतिशत पुर्‍याए दल विभाजन हुन सक्नेगरी अध्यादेश ल्याउने सिफारिस गरेको थियो।

त्यसकै भोली पल्ट राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त अध्यादेश जारी गरेकी थिइन्। राजनीतिक दलसम्बन्धी अध्यादेश जारी भएपछि अहिले एमाले अन्नत विभाजित भएको छ ।

प्रतिक्रिया दिनुहोस्