कतै तपाईंले गलत दिशातिर त सिरानी लाउनुभएको छैन ?
काठमाडौं । कतिपय मानिसहरुलाई कतातिर सिरानी बनाएर सुत्दा राम्रो हुन्छ भन्ने थाहा पनि हुँदैन , यस कारण धेरैले जानी नजानी जतातिर पनि सिरानी बनाएर सुतेको पाइन्छ ।
पूर्वीय दर्शनमा ऋषिमुनिहरुले मानिसका जीवनका हरेक क्रियाकलाप र गतिविधिहरुको बारेमा विस्तृत चर्चा गरेको पाइन्छ। हाम्रा ऋषि-महर्षिहरुले कता फर्केर कसरी बसेर खाने, कुन समयमा खाने, कुन समयमा सुत्ने, कुन समयमा उठ्ने आदि सबैको बारेमा दिशानिर्देश गरेको पाइन्छ, तर अहिलेको समयमा कामको चाप वा विभिन्न जिम्मेबारी र कति कुराहरु अहिलेको भागदौडको जिन्दगीमा असम्भव जस्तै भैसकेका छन्, तर पनि कतिपय कुराहरु अझ पनि उत्तिकै महत्वपुर्ण र वैज्ञानिक रहेको पाइन्छ। हामीले आज सुत्दा कता सिरानी लाउँदा कस्तो फल मिल्छ भने बिषय प्रस्तुत गरेकाछौं ।
-पूर्वतिर सिरानी बनाएर सुत्दा विद्या प्राप्त हुन्छ।
-दक्षिणतिर सिरानी बनाएर सुत्दा धन प्राप्त हुने र आयु बढ्ने हुन्छ।
-पश्चिमतिर सिरानी बनाएर सुत्दा चिन्ता बढ्छ।
-उत्तरतिर सिरानी बनाएर सुत्दा हानी र दुर्घटना, नराम्रो सपना देख्ने, निद्रा नपुग्ने वा आराम प्राप्त नहुने आदि हुन्छ।
प्रतिक्रिया दिनुहोस्