महानगर र उपमहानगरमा प्रदूषित सवारी रोकिँदै

काठमाडौं ।  सरकारले वैशाखदेखि काठमाडौं उपत्यकासहित देशभरका महानगरपालिका तथा उपमहानगरपालिकामा प्रदूषण जाँचपाँस नभएका सवारीसाधन प्रवेशमा रोक लगाउने भएका छ ।

सवारीसाधनले अत्याधिक प्रदूषण गरेको भन्दै यातायात वयवस्था विभागले यस्तो निर्णय गरेको हो । विभागले सवारी प्रदूषण जाँचपासका लागि आवश्यक मेसिन खरिद प्रक्रिया पनि अघि बढाइसकेको छ ।

सरकारले गत मंसिरमा सवारीसाधनले गर्ने वायु प्रदूषण जाँच गर्न आवश्यक ४० वटा ‘भेइकल इमिसन टेस्ट’ गर्ने मेसिन खरिद गर्न विभागलाई निर्देशन दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्