ब्रिटिस गोर्खा सैनिकको आन्दोलनबारे सर्वोच्चमा रिट, आइतबार तोकियो पेसी

काठमाडौं, साउन २९ । बेलायतमा जारी ब्रिटिस गोर्खा सैनिकको आन्दोलनबारे सर्वोच्च अदालतमा रिट दर्ता भएको छ।

सरकारले उचित पहल नगर्दा पूर्वगोर्खा सैनिक र उनीहरूका परिवारले बेलायतीसरहको सेवा–सुविधा पाउन नसकेको भन्दै अधिवक्ता सञ्जय अधिकारी, ब्रिटिस गोर्खा संयुक्त संघर्ष समिति युके नेपालका संयोजक लालबहादुर घिसिङ र सहसंयोजक बिमबहादुर लिम्बूले सर्वोच्चमा रिट दर्ता गराएका हुन्।

रिटमा नेपाल सरकारले देखाउँदै आएको मौनताका कारण पूर्वगोर्खा सैनिक र उनीहरूका परिवार बेलायतमा अनशन बस्न बाध्य भएको जिकिर गरिएको छ। रिट शुक्रबार दर्ता भएको र आइतबारका लागि पेसी तोकिएको सर्वोच्चले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्