अर्थमन्त्री शर्माद्वारा श्वेतपत्रमा कुनै आग्रह र पूर्वाग्रह नरहेको स्पष्ट

काठमाडौं, सानउ २८ । अर्थमन्त्री जनार्दन शर्माले देशको वर्तमान आर्थिक अवस्थाको श्वेतपत्रमा कुनै आग्रह र पूर्वाग्रह नरहेको स्पष्ट पारेका छन् ।

बिहीबार राष्ट्रियसभामा वर्तमान आर्थिक अवस्थाको जानकारीपछि सांसदका प्रश्नको उत्तर दिँदै उनले यस्तो बताएका हुन् । देशको वर्तमान आर्थिक अवस्थाको श्वेतपत्रमा कुनै आग्रह, पूर्वाग्रह र डेटामा फरक रहेको भए आफू कठघरामा उभिन तयार रहेको उनको भनाइ रहेको थियो ।

देशको वर्तमान आर्थिक अवस्थाको श्वेतपत्रमा भएका र गरेका कामसहितको विकासको उल्लेख गरिएको उनले जानकारी गराए ।

उनले जिम्मेवार भएर लोकतन्त्रलाई स्वीकार गर्ने भएकोले संसदमा बजेट प्रस्तुत गरिएको पनि बताए । यसको निर्णय संसदले गर्ने बताउँदै उनले । बजेटको बारेमा संशोधन, परिमार्जन र प्रतिस्थापन जस्ता कुरा संसदले गर्ने उल्लेख गरे ।

उनले राष्ट्रिय गौरवका योजनाहरु निरन्तर रुपमा अघि बढिरहने बताउँदै प्रदेश र पालिकाका अधिकार मिच्ने गरी गरिएका निर्णयमा सुधार गरिने धारणा व्यक्त गरे ।

 

प्रतिक्रिया दिनुहोस्