‘होलीमा इच्छा विपरित लोला हान्नेलाई विशेष कारबाही’ : एसएसपी पोखरेल

काठमाण्डौं । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक विश्वराज पोख्रेलले यसपालिको होलीलाई जसरी पनि सभ्य बनाएरै छाड्ने दावी गरेका छन् ।

प्रहरी परिसर टेकुमा पत्रकार सम्मेलन गरेर वरिष्ठ उपरीक्षक पोख्रेलले विगतमा पनि होली सभ्य बनाउने अभियान चलाएको जानकारी गराउँदै यसपटक भने कसैले पनि छुट नपाउने गरी विशेष अभियान चलाइने बताए ।

होलीलाई सभ्य बनाउन १ सय ६ वटा प्रहरी टोली काठमाडौंमा परिचालन गरिने पनि प्रहरीले जनाएको छ ।

यस्तै, सामान्य समयमा भन्दा १५ सय थप प्रहरी होलीको समयमा परिचालन गरिने पनि वरिष्ठ उपरीक्षक पोख्रेलले जानकारी दिनुभयो । होलीको दिन कतै आपराधिक क्रियाकलाप भएमा तत्कालै कारवाहीको लागि २० वटा टोली तयार अवस्थामा रहने पनि प्रहरीले जनाएको छ ।

यसपाली काठमाडौं उपत्यकासहितका पहाडी जिल्लामा विहीबार र तराई मधेसका जिल्लामा शुक्रबार होली मनाइँदै छ ।

प्रतिक्रिया दिनुहोस्