१५ प्रतिशत बोनसपछि इन्भेष्टमेन्ट बैंकको मूल्य समायोजन

नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा नेपाल इन्भेष्टमेन्ट बैंकको १५ प्रतिशत बोनसपछि आज सेयरमूल्य समायोजन भएको छ । बैंकको प्रतिकित्ता सेयरमूल्य ६६४ रुपैयाँ कायम भएको छ ।
नेप्सेका अनुसार इन्भेष्टमेन्ट बैंकको आधारमूल्य भने ७५८ रुपैयाँ रहेको छ । बैंकले गत बर्षको मुनाफाबाट सेयरधनीलाई १५ प्रतितश बोनस तथा २५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

यस्तै बैंकको संस्थापक सेयरको पनि बोनसपछिको मूल्य समायोजन भएर प्रतिकित्ता ५८० रुपैयाँ कायम भएको छ ।

बैंकले प्रस्तावित लाभांश पारित गर्न कात्तिक ७ गते वार्षिक साधारण बोलाएइको छ । प्रस्तावित बोनस वितरणपछि बैंकको चुक्ता पूँजी १० अर्ब ६२ करोड ६४ लाख रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्