नेपाल–भारत प्रबुद्ध समूहको समयावधि आगामी जुलाईसम्म

काठमाडौं । नेपाल–भारत प्रबुद्ध समूह (इमिनेन्ट पर्सन्स ग्रुप–इपीजी) को समयसीमा आगामी जुलाईसम्म तोकिएको छ ।  सो अवधिभित्र तोकिएको जिम्मेवारी पूरागर्ने सदस्यहरुले बताएका छन् । दुई वर्षे कार्यकाल तोकिएको समूहले मस्यौदाको काम थालेको छ ।

शनिबारदेखि काठमाडौंमा शुरुभएको समूहको बैठकले छलफलबाट टुङ्गिएको विषयलाई लिपिबद्ध गर्न लागिएको बताएको छ । आगामी जुलाई ५ सम्म समयावधि तोकिएको समूहका सदस्यले सो अघि नै नेपाल–भारतको समस्या र त्यसको समाधानार्थ सुझावसहितको प्रतिवेदन तयार गरिसक्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्