स्वेच्छिक अवकाशको लागि निवेदन दिने आज अन्तिम दिन

काठमाडौं । समायोजनमा जान नचाहने कर्मचारीले स्वेच्छिक अवकाशका लागि निवेदन दिने आइतबार अन्तिम दिन भएको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ। २० वर्ष सेवाअवधि र ५० वर्ष उमेर पुगेका निजामती कर्मचारीका लागि सरकारले स्वेच्छिक अवकाशको कार्यक्रम ल्याएको हो।

संघ,प्रदेश तथा स्थानीय तहमा समायोजन हुन नचाहने कर्मचारीका लागि सरकारले डेढ महिनाअघि यस्तो कार्यक्रम ल्याएको हो।
शुक्रबारसम्म करिब ३ हजार ५ सय कर्मचारीले स्वेच्छिक अवकाशका लागि निवेदन दिइसकेका छन्। निवेदन दिइसकेपछि अवकाश फिर्ता लिन नपाइने भएकाले अन्तिम दिन धेरैले निवेदन दिनसक्ने सामान्य प्रशासन मन्त्रालयका अधिकारीहरु बताउँछन्।

प्रतिक्रिया दिनुहोस्