मेलम्चीको ५१ अर्ब रूपैयाँ लगानी बाढीपहिरोका कारण जोखिममा
काठमाडौं , साउन १९ । मेलम्ची खानेपानी आयोजनामा भएको झन्डै ५१ अर्ब रूपैयाँ लगानी बाढीपहिरोका कारण जोखिममा परेको छ। मेलम्ची नदीको जलाधार क्षेत्रमा बाढीपहिरो आउँदा लगानी जोखिममा परेको हो। अम्बाथानस्थित आयोजनाको हेडवर्कस्भन्दा माथिल्लो भेग बाढीपहिरोका कारण चिराचिरा परेको छ।
मेलम्ची जलाधार क्षेत्रको कमजोर संरचना भत्किने क्रम जारी छ। जलाधार क्षेत्रमा भएको क्षतिको यकिन विवरण आउन सकेको छैन। यद्यपि जलाधार क्षेत्र नै भत्किन पुग्दा मेलम्चीको पानीको मुहान नै सुक्ने हो कि भन्ने आशंकासमेत उब्जिएको छ। सरकारले एसियाली विकास बैंकसँगको साझेदारीमा मेलम्ची आयोजनाको पहिलो र दोस्रो खण्डमा करिब ५१ अर्ब रूपैयाँ खर्च गरिसकेको छ।
त्यसमध्ये ३० अर्ब आयोजनाको हेडवक्र्स तथा सुरुङमार्ग निर्माणमा खर्च भएको हो। यसबाहेक मेलम्चीको पानी सुन्दरीजलमा आएपछि उपत्यकाबासीको घरदैलोमा पुर्याउने संरचनामा निर्माणमा २१ अर्ब खर्च भइसकेको काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयका निर्देशक कमलराज श्रेष्ठले बताए।
सोमबारको बैठकमा माओवादी केन्द्रले माधव नेपाल समूह सरकारमा नजाने अवस्थामा नौ मन्त्रालय आफूलाई चाहिने प्रस्ताव राखेको छ । यस्तै, जसपालेसमेत सो अवस्थामा मन्त्रालय बढी पाउनुपर्ने सर्त राखेको छ । जसपाले नेपाल समूह सरकारमा नआएको अवस्थामा आठ मन्त्रालय पाउनुपर्ने बताउँदै आइरहेको छ ।
कांग्रेसले त्यो अवस्थामा आफ्नो भागमा पनि १० मन्त्रालय राख्न चाहेको छ । तर, संविधानअनुसार भने २५ भन्दा बढी मन्त्री बनाउन पाइँदैन । यसैगरी, सबै दलले प्रभाव राख्न सक्ने मन्त्रालय खोजेका कारण पनि भागबन्डामा समस्या हुँदै आइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्