सपोर्ट माइक्रोफाइनान्सको साधारण सेयर आजबाट

काठमाडौं । सपोर्ट माइक्रोफाइनान्सले आजबाट साधारण सेयर निष्काशन गरेको छ । लघुवित्तले १ करोड ८० लाख रुपैयाँ बराबरको १ लाख ८० हजार कित्ता आईपिओ निष्कासन गरेको हो ।

माइक्रोफाइनान्सको आईपीओ असोज १८ गतेदेखि निष्कासन हुनेछ भने छिटोमा असोज २३ गते बन्द हुने जनाइएको छ । कुल १ लाख ८० हजार कित्ता मध्ये २ प्रतिशत अर्थात ३ हजार ६ सय कित्ता सेयर कर्मचारीका लागि छुट्याइएको छ । त्यसै गरी ५ प्रतिशत अर्थात ९ हजार कित्ता सेयर सामुहिक लगानी कोषलाई छुट्याइएको छ ।

आईपिओमा न्यूनतम ५० कित्तादेखि अधिकत्म ९०० कित्तासम्म आवेदन गर्न पाइनेछ । धितोपत्र बोर्डबार्ट आश्वा सेवा स्वीकृत प्राप्त बैंक तथा वित्तीय संस्थाहरुका सबै शाखाबाट कम्पनीको आईपिओमा आवेदन गर्न सकिनेछ । लघुवित्तको धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया दिनुहोस्