एक किलोभन्दा बढी कोकिनसहित काठमाडौंबाट १३ जना पक्राउ
काठमाडौँ , साउन १८ । प्रहरीले काठमाडौंका विभिन्न ठाउँबाट १ किलोभन्दा बढी लागूऔषध कोकिनसहित १३ जनालाई पक्राउ गरेको छ ।
नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले करिब २ वर्षअघिको एउटा कसुरबारे अनुसन्धान गर्ने क्रममा काठमाडौंका विभिन्न ठाउँमा सर्च अपरेसन गर्दा उक्त परिमाणमा कोकिन भेटेको हो ।
पक्राउ परेकाहरुबाट केही परिमाणमा चरेससमेत बरामद गरिएको प्रहरी स्रोतले जनाएको छ । पक्राउ परेका व्यक्तिहरुलाई केही बेरमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने तयारी गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्