नेशनल हाइड्रो पावर कम्पनी लिमिटेडमा लगानी कति सुरक्षित ?

काठमाडौं, भदौं २० । नेशनल हाइड्रो पावर कम्पनी लिमिटेड को चौथो त्रैमासमा ६ करोड १२ लाख रुपैयाँ नोक्सानमा रहेको छ । गत वर्षको सोहि अवधिमा पनि कम्पनी ७ करोड ३१ लाख रुपैयाँ नोक्सानमा रहेको थियो ।

१ अर्ब ३८ करोड ५९ लाख रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीले जगेडाकोषमा ४३ करोड ५४ लाख रुपैयाँ नेगेटिभमा राखेको छ । कम्पनीको बिक्रि १८ करोड २ लाख रुपैयाँ रहेको छ । जसको चालु सम्पत्ति ६ करोड ९९ लाख रुपैयाँ रहेको छ भने चालु दायित्व २६ करोड ८९ लाख रुपैयाँ रहेको छ ।

नेशनल हाइड्रो पावर कम्पनी को प्रतिशेयर आम्दानी वार्षिक ४ दशमलव ४२ रुपैयाँ नेगेटिभ, मुल्य आम्दानीको अनुपात ३१ दशमलव ८९ गुणा नेगेटिभ र प्रतिशेयर नेटवर्थ ६८ दशमलव ५० रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्