कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दै छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ९ बजेपछि बस्ने बैठकमा विधानलाई अनुमोदन गर्ने कार्यसूची छ ।

शनिबार बसेको संसदीय दलको बैठकले पार्टीको विधान परिमार्जनसहित पारित गरेको थियो । संसदीय दलको बैठकले डा. मीनेन्द्र रिजालले प्रस्तुत गरेको विधानलाई पारित गरी अनुमोदनका लागि केन्द्रीय समितिमा पठाउने निर्णय गरेको थियो ।

केन्द्रीय समितिले विधान अनुमोदन गरेपछि संसदीय दलको नेता चयन प्रक्रिया शुरु हुने नेपाली कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

कांग्रेसको संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवासँगै महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहले पनि दावी गर्दै आएका छन् । सर्वसहमति भए डा. कोइराला र देउवासँग चुनाव लड्नुपर्ने अवस्था आए सिंहलाई अघि सार्ने तयारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्