प्रदेश–६ को संसद बैठक आज , नाम र राजधानीको टुंगो लाग्ने

काठमाडौं। प्रदेश नम्बर ६ को प्रदेशसभा बैठक शनिबार बस्दैछ । दिउँसो १ बजेका लागि बोलाइएको बैठकले प्रदेश ६ को नामकरण र प्रदेशको स्थायी राजधानी तोक्ने तयारी रहेको प्रदेशसभाका उप–सभामुख पुष्पा घर्तीले जानकारी दिनुभयो ।

एमाले, माओवादी तथा कांग्रेस संसदीय दलका नेताहरुले बैठकले प्रदेशको नाम र स्थायी राजधानी सर्वसहमतिले तोक्ने दावी गरेका छन् । यसअघिको बैठकमा धेरैजसो सांसद अनुपस्थित भएपछि बैठक शनिबार बस्ने गरी सूचना टाँस गरेर स्थगित गरिएको थियो ।

बैठकमा अनिवार्य उपस्थित हुन सबै दलले सांसदलाई ह्विप जारी गरेका छन् । प्रदेशको राजधानी तथा नामबारेका दुईवटा प्रस्ताव संसदीय दलमा दर्ता भइसकेकाले ती प्रस्तावलाई शनिबारको बैठकमा निर्णयार्थ पेश गर्ने कार्यसूची रहेको छ ।

प्रतिक्रिया दिनुहोस्