दशैँ भित्रमा मेलम्चीको पानी राजधानीवासीका धारामा

काठमाडौ । मेलम्ची खानेपानी आयोजनाको सम्पुर्ण कार्य अन्तिम चरणमा पुगेको छ । जसले गर्दा अव आउदो दशैताका राजधानीवासीका धारामा मेलम्चीको पानी आउने भएको छ ।

उक्त परियोजनाबाट मेलम्चीको पानी राजधानीका धाराबाट खस्ने लगभग पक्का पक्की जस्तो भएको हो । सरकारले पनि मेलम्चीको पानी राजधानीमा प्रवाह गर्ने सम्बन्धी ठोस कार्ययोजना सार्वजनिक गरेको छ ।

एशियाली विकास बैंकको सहयोगमा नेपालमा सञ्चालित उक्त अर्बौं रुपैयाँको विशाल परियोजनाको आज आयोजित वार्षिक समीक्षा बैठकमा खानेपानी आपूर्ति तथा सरसफाइ मन्त्रालयले त्यस्तो कार्ययोजना सार्वजनिक गरेको हो । सो योजना अनुसार कार्य सम्पादन गर्न कुनै बाधा अडचन नभएमा आगामी चैतमा २६ किलोमिटर लामो सुरुङ निर्माण पूरा भई १७ करोड लिटर पानी सुन्दरीजल प्रशोधन केन्द्रमा खस्नेछ ।

त्यस्तै असार महिनाको अन्त्यसम्ममा सुन्दरीजल प्रशोधन केन्द्रबाट निर्मलीकरण गरिएको पानी काठमाडौँ उपत्यकाका विभिन्न ११ स्थानमा अवस्थित विशाल पानीट्यांकीमा संकलन हुनेछ । योजनानुसार दशैँताका आरुबारी, महाँकाल, बाँसबारी, बालाजु, पानीपोखरी, अनामनगर, मीनभवन, कीर्तिपुर, खुमलटार, टिगानी र भक्तपुरको कटुञ्जेमा निर्मित ती विशाल ट्याङ्कीबाट परीक्षणका रुपमा पानी प्रवाह गरिनेछ ।

 

प्रतिक्रिया दिनुहोस्