तस्करीको आरोपमा काठमाडौंबाट ४ चिनियाँ नागरिक पक्राउ

काठमाडौं, असार २२ । काठमाडौंबाट चार जना चिनियाँ नागरिक पक्राउ परेका छन् । कस्तुरीको विना तस्करीको आरोपमा उनीहरु पक्राउ परेका हुन् । उनीहरुलाई ठमेल क्षेत्रबाट पक्राउ गरिएको बताइएको छ ।

यस बाहेक उनीहरु जुवा खेल्ने र खेलाउने कार्यमा समेत संलग्न रहेको पाइएको प्रहरी स्रोतले जनाएको छ । उनीहरुबाट केही सामान समेत बरामद भएको बताइएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंले पत्रकार सम्मेलन गरेर उनीहरुको बारेमा जानकारी दिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्