एउटा बैठक रोकेर अर्को बैठक किन बोलायो कांग्रेसले ,यस्तो छ कारण

काठमाडाैँ– कांग्रेसले शनिबार बिहान राष्ट्रिय सभा र प्रतिनिधिसभाका सांसदहरूको संयुक्त बैठक बोलाएको छ । बिहीबारका लागि बोलाइएको केन्द्रीय कार्यसम्पादन समितिको बैठक भने स्थगन गरिएको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बैठकमा दलको नेताको निर्वाचन प्रक्रिया अघि बढाउनेबारे छलफल हुने बताए । संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा, महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंह आकांक्षी देखिएका छन् ।

महामन्त्री कोइरालाले निर्वाचनबाट पार्टी हारेको अवस्थामा सभापति देउवा दलको नेताका लागि नैतिक रूपमा पनि अग्रसर हुन नहुने बताए । २०५१ मा पार्टी पराजय हुँदा गिरिजाप्रसाद कोइराला आफैं संसदीय दलको नेता नबनी दोस्रो तहका नेतालाई अघि बढाएको उदाहरण दिँदै शशांकले अहिले पनि सभापतिले त्यसै गर्नुपर्ने तर्क गरे । उनले सर्वसम्मत भए आफू हुने, नत्र पूर्वमहामन्त्री सिंहलाई सघाउने स्पष्ट पारे । प्रतिनिधिसभामा कांग्रेसका ६३ सांसद छन् । त्यसमा देउवाको बहुमत छ ।

प्रतिक्रिया दिनुहोस्