थप २ हजार ८९२ जनामा कोरोना संकंमण पुष्टि, ४१ को मृत्यु, आज निको कति भए ?
काठमाडौँ, असार १६ । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ८९२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ७ हजार १८७ जनाको पीसीआर परीक्षणबाट १ हजार ८८९ र ४ हजार ३८१ जनामा गरिएको एन्टिजेन परीक्षणमा १ हजार ३ जना गरी जम्मा २ हजार ८९२ जनामा संक्रमण पुष्टि भएको हो ।
यसैगरि पछिल्लो २४ घण्टामा थप ४१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधिमा देशभरका विभिन्न अस्पतालबाट थप ३ हजार ५९७ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । यसैबीत यता काडमाडौंमा उपत्यकामा आज पछिल्लो २४ घण्टामा ५७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो २४ घण्टाको अपडेट अनुसार काठमाडौँ जिल्लामा ४३६ जना, भक्तपुरमा ४७ र ललितपुरमा ८९ जनामा कोरोनामा कोरोना पुष्टि भएको छ ।
त्यस्तै काठमाडौँ उपत्यकामा अहिले ८ हजार ५०० सक्रिय संक्रमित रहेका छन् । जसमा काठमाडौँ जिल्लामा ४ हजार ९१६, भक्तपुर जिल्लामा १ हजार ५७७ र ललितपुर जिल्लामा २ हजार ७ सक्रिय संक्रमित रहेका छन् । पछिल्लो समय देशभर फेरि संक्रमित बढ्न थालेको तथ्यांकले देखाएको छ ।
प्रतिक्रिया दिनुहोस्