पोखरामा शिक्षामन्त्री श्रेष्ठको पुत्ला दहन , ३ जना पक्राउ
काठमाडौं, असार १५ । पोखरामा शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठको पुत्ला दहन गरिएको छ । शिक्षा मन्त्री श्रेष्ठले जातीय विभेद गरेको आरोप लगाउँदै पोखराको मानवअधिकार चोकमा उनको पुत्ला दहन गरिएको हो । यस्तै प्रहरी पुत्ला दहन गर्न खोज्ने ३ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नेत्र चापागाईँ, ईश्वर नेपाली, र रेशम सापकोटा रहेका छन् । चापागाईँ समाजवादी विद्यार्थी युनियनका केन्द्रीय उपाध्यक्ष हुन । सापकोटा केन्द्रीय सचिव हुन् । नेपाली मोर्चाका नेता हुन ।
रुपा सुनार लगायत सम्पूर्ण जातीय विभेद र मन्त्री श्रेष्ठको विरुद्धमा जात व्यवस्था उन्मूलन मोर्चाले विरोध प्रदर्शन गरेको जनाइएको छ । पक्राउ परेका ३ जनालाई जिल्ला प्रहरी कार्यालयमा लगिएको छ ।
प्रतिक्रिया दिनुहोस्