थप २, ४७६ जनामा कोरोना संक्रमण पुष्टि, ५, ४५५ संक्रमणमुक्त, मृत्यु कति ?
काठमाडौं , असार ११ । पछिल्लो २४ घण्टामा थप २ हजार ४७६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।
१४ हजार ३५१ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १७२१ र एन्टिजेन विधिबाट ७५५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो ।
यही अवधिमा थप ५ हजार ४५५ जना संक्रमणमुक्त भएका छन् भने थप २७ जनाले कोभिड–१९ को संक्रमणबाट ज्यान गुमाएका छन् । हालसम्म ८९४५ जनाले ज्यान गुमाइसकेका छन् ।नेपालमा सक्रिय संक्रमितको संख्या ४५ हजार ७९४ रहेको छ ।
यसैबीच काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ४२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो २४ घण्टाको अपडेट अनुसार काठमाडौँ जिल्लामा ३०८ जना, भक्तपुरमा ४३ र ललितपुरमा ७६ जनामा कोरोनामा कोरोना पुष्टि भएको छ ।
त्यस्तै काठमाडौँ उपत्यकामा अहिले ८ हजार ६१६ सक्रिय संक्रमित रहेका छन् । जसमा काठमाडौँ जिल्लामा ४ हजार ३११, भक्तपुर जिल्लामा १ हजार ८६३ र ललितपुर जिल्लामा २ हजार ४४२ सक्रिय संक्रमित रहेका छन् ।
त्यस्तै अहिले देशभर संस्थागत आइसोलेसनमा २ हजार ८८४ जना रहेका छन् भने होम आइसोलेसनमा ४२ हजार ९१० रहेका छन् ।
त्यस्तै अहिले नेपालमा ७१४ जना कोरोना संक्रमित आइसीयुमा उपचारत रहेका मध्ये २०१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्