डा. केसीको स्पष्टीकरण–जन्ममिति त्रुटि भएको स्वीकार
काठमाडौं । चिकित्सा शिक्षा सुधारका लागि अभियान चलाउँदै आएका वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले आफ्नो जन्ममितिबारे आएका विवादहरुमा स्पष्टीकरण दिएका छन् ।
बुधबार त्रिवि शिक्षण अस्पताल महाराजगन्जमै पत्रकार सम्मेलन गरी उनले नागरिकता र शैक्षिक प्रमाणपत्रमा जन्ममिति फरक परेको स्वीकार गर्दै मानवीय त्रुटिका कारण त्यसो हुन पुगेको बताए ।
डा. केसीले आफ्नो आधिकारिक जन्ममिति नागरिकतामा रहेको वि.सं. २०१३ असोज २७ गते नै भएको भन्दै एसएलसीको चारित्रिक प्रमाणपत्रमा मानवीय त्रुटिले फरक परेको बताए ।
‘जन्ममितिमा त्रुटि भएको छ, यदि छानबिन गर्नुहुन्छ भने पनि म पूर्णसहयोग गर्न तयार छु’–उनले भने ।
डा. केसीको जन्ममिति नागरिकतामा २०१३ साल असोज २७ गते रहेकोमा एसएलसीको चारित्रिक प्रमाणपत्रमा भने २०१३ साल माघ २४ गते रहेको पाइएको छ ।
डा. केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीलाई पनि आफूलेजस्तै फरक–फरक जन्ममितिबारे स्पस्ट पार्न आग्रह गरे ।
पराजुली प्रधानन्यायाधीशबाट नहटेसम्म आफूले सर्वोच्च अदालतको तारेखसमेत नबुझ्ने डा. केसीको अडान रहेको छ ।
प्रतिक्रिया दिनुहोस्