अझै तीन दिन मौसम सुधार नहुने, यस्तो छ मौसमविद्को भनाइ

काठमाडौँ, असार ६ । आगामी तीन दिनसम्म मौसममा कुनै सुधार नहुने जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशभर मनसुनी वायुको प्रभाव रहेको र हाल देशको दक्षिण भू–भाग नजिक मनसुनी न्युन चापिय रेखा रहेकाले तीन दिनसम्म मौसममा कुनै सुधार नहुने महाशाखाका मौसमविद् समिर श्रेष्ठले जानकारी द‍िए ।

देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, सुदूरपश्चिम प्रदेश र कर्णालीमा धेरै र देशका पहाडी भु–भागका केही स्थानहरुमा हल्का वर्षा भएको श्रेष्ठले बताए । तीन दिनसम्म मेघगर्जनरचट्याङ्गसहित भारी वर्षा हुने सम्भावना रहेकोले तटिय क्षेत्रमा सतर्कता अपनाउनु पर्ने उनको भनाइ छ ।

उनले अहिले वर्षायाम भएकाले सबै क्षेत्रमा हुने जोखिमलाई मध्यनजर गर्दै सर्तक हुनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्