थप २ हजार ७६८ जनामा कोरोना संक्रमण पुष्टि, ४४ जनाको मृत्यु
काठमाडौं, असार ४ । पछिल्लो २४ घण्टामा थप २ हजार ७६८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।
१३ जार ०३७ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १९६३ तथा एन्टिजेन विधिबाट ८०५ जनामा संक्रमण पुष्टि भएको हो ।
यही अवधिमा थप ४ हजार २० जना संक्रमणमुक्त भएको तथा थप ४४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्