उदयपुरबाट पेस्तोलसहित तीनजना पक्राउ

काठमाडौं , असार ३ । उदयपुरबाट पेस्तोलसहित तीनजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने ५९ वर्षीय पशुराम चौधरी, ५० वर्षीया श्यामकुमारी चौधरी र सप्तरीको सुरुंगा नगरपालिका–८ बस्ने २३ वर्षीय बबि चौधरी रहेका छन् ।त्रियुगा नगरपालिका–३, मोतिगढाबाट एकथान पेस्तोल उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उक्त पेस्तोल फेला पारी उनीहरुलाई पक्राउ गरेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्