काठमाडौं उपत्यकामा यस्तो छ अब खानेपानी वितरणको नयाँ तालिका

काठमाडौं , जेठ ३१ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले खानेपानी वितरणको नयाँ तालिका सार्वजनिक गरेको छ ।

परीक्षणको लागि मेलम्चीको सुरुङ असार १ गतेदेखि खाली गरिँदै छ । सोही कारण करिब दुई महिना काठमाडौं उपत्यकामा प्रतिदिन उपलब्ध भइरहेको १७ करोड लिटर पानी उपलब्ध नहुने भएको छ ।

मेलम्चीको पानी नआउन्जेलसम्म हुने परिमाणको कमीलाई ध्यानमा राख्दै केयूकेएलले खानेपानी वितरण तालिकामा फेरबदल गरेको जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्