प्रधानमन्त्री ओलीले गरे देशकै पहिलो लिक्विड अक्सिजन प्लान्टको शिलान्यास
काठमाडौं , जेठ ३० । प्रधानमन्त्री केपी ओलीले देशकै पहिलो लिक्विड अक्सिजन प्लान्टको शिलान्यास गरेका छन्
रुपन्देही जिल्लाको सिमरहवामा स्थापना गर्न लागिएको अक्सिजन प्लान्टको प्रधानमन्त्री ओलीले आइतबार भर्चुअलरूपमा शिलान्यास गरेका हुन् ।
प्लान्टबाट प्रतिदिन ६० मेट्रिक टन उत्पादन हुने बताइएको छ । सात हजार ठूला सिलिन्डरमा अक्सिजन भर्न सकिने क्षमताको प्लान्टमा उद्योगी शंकर अग्रवालको लगानी रहने जनाइएको छ ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले कोभिड १९ महामारीको दोस्रो लहरमा अक्सिजनको अभाव ब्यहोरेको नेपालका लागि प्लान्टको स्थापना असाधारण खुशीको विषय भएको उल्लेख गरे ।
देशभित्रै अक्सिजनको पर्याप्त उत्पादन गर्ने सोचबाटै सरकारले हरेक १ सय शय्याभन्दा बढी भएका अस्पतालले अनिवार्य रूपमा आफैंले अक्सिजन प्लान्ट राख्नुपर्ने व्यवस्था गरिएको प्रधानमन्त्रीको भनाइ थियो ।
अक्सिजन प्लान्ट स्थापना र सञ्चालन गर्ने उद्योगहरुलाई सरकारले भन्सार छुटलगायतको सुबिधा दिने पनि उहाँको बचन थियो ।
प्रतिक्रिया दिनुहोस्