सांसद वैद्यको अभिव्यक्तिप्रति एमालेको आपत्ति, फौजदारी कानुन आकर्षित हुने चेतावनी
काठमाडौँ , जेठ २९ । नेकपा एमालेले बागमती प्रदेशका काँग्रेस सांसद नरोत्तम वैद्यले प्रदेश सभामा व्यक्त गरेको अभिव्यक्तिको निन्दा गरेको छ ।
एमाले प्रवक्ता प्रदीप ज्ञवालीले शनिबार एक विज्ञप्ति जारी गर्दै सांसद वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गर्न दिएको धम्कीलाई एमालेले अत्यन्त गम्भीर रुपमा लिएको जनाएका छन् ।
एमालेले प्रधानमन्त्री ओलीको हत्याका लागि अरुलाई समेत दुरुत्साहन गर्ने र आवश्यक परे आफै पनि हत्याका लागि तयार रहेको निजको अभिव्यक्ति आपराधिक, अत्यन्त आपत्तिजनक र निन्दनीय रहेको बताएको छ ।
विज्ञप्तिमा भनिएको छ, उक्त अभिव्यक्तिको घोर भर्त्सना गर्दै हाम्रो पार्टी यो विषय मुलुकको फौजदारी कानुन समेत आकर्षित हुने विषय हो भन्ने ठान्दछ र यस विषयमा सम्बद्ध राजनीतिक दलको समेत गम्भीर ध्यानाकर्षण गर्दछ ।















प्रतिक्रिया दिनुहोस्