दुई हजार जरिमाना तिरेर छुटे पक्राउ परेका गणेश लामा
काठमाडौं, जेठ २८ । पोखराको एक रेष्टुरेन्टबाट बिहीबार पक्राउ परेका डन छविका काँग्रेट निकट गणेश लामा रिहा भएका छन् । निषेधाज्ञा तोडेर पोखरा आएको आरोपमा प्रहरीले उनीसहित ३ जनालाई समाएको थियो ।
नियन्त्रणमा लिई बिहीबारदेखि बैदाम प्रहरी चौकीमा राखेकोमा जिल्ला प्रशासन कार्यालय कास्कीबाट आदेश आएपछि शुक्रबार दिउँसो ३ बजेतिर रिहा गरिएको हो ।
राजनीतिक चलखेलका लागि पोखरा आएको आशंका उनीमाथि गरिएको भए पनि अन्ततः निषेधाज्ञा उल्लंघन आरोपमा जनही २ हजार जरिवानासहित रिहा गरिएको बताइएको छ । लामालाई तत्काल रिहा नगरे सडक आन्दोलनमा उत्रिने भन्दै कास्की काँग्रेसले यसअघि चेतावनी दिएको थियो ।
प्रतिक्रिया दिनुहोस्