यी महिलाले जन्माइन् एकै पटक १० सन्तान !

काठमाडौं, जेठ २७ । दक्षिण अफ्रिकामा एक महिलाले एकै पटकमा १० वटा बच्चा जन्माएकी छन् । सम्भावतः एकै पटक यति धेरै बच्चा जन्मिएको यो नै नयाँ कीर्तिमान हुन सक्ने पनि जनाइएको छ ।

पहिला स्क्यान गर्दा गर्भमा आठ वटा मात्र बच्चा देखिए पनि १० वटा जन्मिँदा आफू छक्क परेको गोसियामे थमारा सिथोलेका पतिले जनाएका छन् ।

प्रिटोरीआ न्यूजमा टेबोहो सोतेत्सीले उधृत गर्दै बीबीसीले लेखेको छ, ‘सात छोरा र तीन छोरी छन् । म खुसी छु, म भावुक भएको छु । म धेरै कुराकानी गर्न सक्दिनँ ।’

छ वर्षअघि पनि सैँतीस वर्षीया सिथोले जुम्ल्याहा बच्चा जन्माएकोे समाचारमा उल्लेख छ । गर्भवती भएको २९ सातामा सोमवार साँझ शल्यक्रिया गरेर बच्चालाई जन्म दिएपछि उनको स्वास्थ्य अवस्था राम्रो रहेको जनाइएको छ ।

विश्व रेकर्ड हुनसक्ने भएपछि गिनिज वर्ल्ड रेकर्ड्सले यस विषयमा अनुसन्धान थालेको पनि बीबीसीले जनाएको छ । यसअघि सन् २००९ मा अमेरिकामा एउटी महिलाले एकै पटकमा आठवटा बच्चा जन्माएकी थिइन् ।

एकै पटकमा तीन वटाभन्दा बढी बच्चा जन्मिनुलाई दुर्लभ घटना मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्