मन्त्रिपरिषद विस्तार गर्दै प्रधानमन्त्री ओली , गृहमन्त्रीमा खगराज अधिकारी, ४ बजे शपथ ग्रहण

काठमाडौं, जेठ २७ ।  प्रधानमन्त्री केपी ओलीले आज मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । एमाले नेता विष्णु रिजालले सामाजिक सञ्जाल मार्फत शपथ लिन लागेका मन्त्रीहरुलाई अग्रिम शुभकामना दिएका छन् ।

उनले लेखेका छन् ‘आज ४ बजे शपथ ग्रहण गर्न लाग्नुभएका सात मन्त्री र एक राज्यमन्त्रीलाई अग्रिम शुभकामना । विभागकै जिम्मा नपाए पनि यसपटक कर्णालीले समेत क्याबिनेट देख्ने मौका पाएछ ।’

खगराज अधिकारी गृहमन्त्री, मोहन वानियाँ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, नारदमुनी राना वनमन्त्री, नैनकला थापा संचारमन्त्री,गणेश पहाडी सामान्य प्रशासनमन्त्री,ज्वालाकुमारी साह कृषिमन्त्री, राजकिशोर यादव, उद्योगमन्त्री र आशा विक वनराज्यमन्त्री बन्ने पक्का भएको छ ।

नवनियुक्त एक मन्त्रीले आफूलाई प्रधानमन्त्रीले ४ बजे सपथको लागि शितलनिवास बोलाएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्