नेपाल पक्षले समर्थन गरेपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टको सरकार जोगियो

काठमाडौं, जेठ २५ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत प्राप्त गरेका छन् ।

आजको प्रदेशसभामा भएको मतदानमा एमालेको माधव नेपाल पक्षले समर्थन गरेपछि भट्टको सरकार जोगिएको छ ।

बैठकमा सभामुख अर्जुन शाहले उक्त मत प्रदेशसभामा तत्काल उपस्थित सदस्यको बहुमत भएको घोषणा गरे । आजको मतदानमा भट्टको पक्षमा ३० मत र विपक्षमा ९ भोट परेको थियो ।

आजको बैठकमा ५१ जना सांसद उपस्थित भएका थिए । सहभागी १२ जना मतदानमा सहभागी नभएको सभामुख थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्