थप ३,४७९ जनामा संक्रमण पुष्टि, ६,६३६ जना निको भए, ९९ जनाको मृत्यु

काठमाडौं, जेठ २३ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३४७९ जनामा संक्रमण पुष्टि भएको छ ।

१० हजार ४७१ जनाको पीसीआर परीक्षण गर्दा ३०२४ जना तथा ३२६२ जनाको एन्टिजेन परीक्षण गर्दा ४५५ जनामा संक्रमण पुष्टि भएको हो ।

यही अवधिमा थप ६६३६ जना निको भएका छन् भने थप ९९ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ११३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ७३१, भक्तपुरमा २५४ र ललितपुरमा १४६ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्