डेनमार्कले नेपाललाई १४ लाख डोज खोप दिने
काठमाडौं , जेठ २३ । डेनमार्क सरकारले नेपाललाई १४ लाख डोज कोरोना विरुद्धको एस्ट्राजेनिकाको खोप दिने भएको छ ।
डेनमार्कले कोरोना विरुद्धको १४ लाख डोज खोप प्रदान गर्ने जानकारी सहितको पत्र स्वास्थ्य सेवा विभागलाई पठाएको विभागको आपूर्ति व्यवस्थापन महाशाखाका प्रमुख भीमसिंह तिंकरीले जानकारी दिएका छन् ।
खोप ल्याउनका लागि सहजीकरण गरिदिन विभागका महानिर्देशकले शनिबार साँझ नै युनिसेफलाई पत्राचार गरिसकेको पनि उनले बताए । यो कोभ्याक्स अन्तर्गतको भने नभएको उनले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्