चौतर्फी आलोचनापछि महतोले भने- राष्ट्रिय एकता र अखण्डताप्रति पूर्ण प्रतिवद्ध छु
काठमाडौँ , जेठ २३ । उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री राजेन्द्र महतोले राष्ट्रिय एकता र अखण्डताप्रति आफू पूर्ण प्रतिवद्ध रहेको बताएका छन् । अभिव्यक्तिलाई लिएर चौतर्फी आलोचनापछि महतोले यस्तो बताएका हुन् ।
उनले विज्ञप्तिमार्फत आफूविरुद्ध गतल प्रचार भएको बताएका छन् । आफूले संविधानमा उल्लेख भएअनुसार राष्ट्रिय एकता र अखण्डताका विरुद्ध अभिव्यक्ति नदिएको तर बङ्ग्याएर प्रचार गरिएको महतोको जिकिर छ ।
महतोले संविधानमा आफूहरूका असंतुष्टी रहेकोले संशोधनका लागि कार्यदलमा आफ्ना धारणा राख्ने पनि बताए । ‘म राष्ट्रिय एकता, अखण्डता र राष्ट्रिय एकताप्रति पूर्ण प्रतिवद्ध रहेको छु । यसबारेमा कसैलाई अन्यथा भ्रम नरहोस् भन्ने म प्रष्ट पार्न चाहन्छु,’ उनले भनेका छन् ।
















प्रतिक्रिया दिनुहोस्