नयाँ पार्टी बनाउने कि एमालेमै अन्तरसंघर्ष गर्ने ? दोधारमा माधव नेपाल

काठमाडौं, जेठ २३ । नयाँ पार्टी गठन गर्ने अन्तिम तयारीमा पुगेका पूर्वप्रधानमन्त्री माधव नेपाल समूहमा दोस्रो तहका युवा नेताले पार्टी एकता जोगाउन अन्तिम पहल गर्नुपर्ने अडान लिएपछि नेता नेपाल अलमलमा परेका छन्।

शुक्रबार केन्द्रीय कमिटी र शनिबार भर्चुअल मध्यमबाट बसेको स्थायी कमिटीको बैठकमा दोस्रो तहका नेतारुहले पार्टी एकता जोखाउन पहल गर्नुपर्ने अडान लिएपनि नेता नेपाल अन्यौलमा परेका हुन्। नेता नेपाल अहिले नयाँ पार्टी गठन गर्ने कि अध्यक्ष ओलीसँग वार्ता गर्ने भन्नेमा अलमलमा परेका हुन्।

घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, योगेश भट्टराईलगायत नेता पार्टी एकता जोगाउनुपर्ने पक्षमा छन्। उनीहरू ओली पक्षसँग निरन्तर संवादमा छन्।

शनिबार स्थायी कमिटी सदस्यहरूसँगको छलफलपछि नेपाल समूहले संसद् विघटनविरुद्धको मुद्दा किनारा नलागेसम्म नयाँ पार्टी गठनको प्रक्रिया अगाडि नबढाउने निष्कर्षमा पुगेको छ।

अदालतबाट मुद्दाको किनारा नलाग्दासम्म एकताको प्रयास जारी राख्दै अगाडि बढ्ने निष्कर्ष नेताहरूको बैठकले निकालेको एक नेताले जानकारी दिए।

 

अहिले नेताहरू योगेश भट्टराई, गोकर्ण विष्टलगायतका नेताहरू ओली पक्षसँग अनौपचारिक वार्तामा छन्। ‘वार्ता जारी रहे पनि उहाँ ९ओली० ले आफ्नो गल्ती कमजोरी नसच्याउँदासम्म एकता सम्भव छैन । हामी आन्तरिक तयारी पनि गर्दैछौँ, ती नेताले भने।

यता अधिकांश नेताले वार्ताकै पक्ष राय राखेपछि नेपालले आफू वार्ताविरोधी नभएको जवाफ दिएका थिए।

नयाँ पार्टी गठनको तयारी लामो समयदेखि भइरहेको भए पनि नेपाल समूह दुई धारमा विभाजित हुँदा समस्या उत्पन्न भएको छ। नयाँ पार्टी बनाएर अगाडि बढ्नुपर्ने पक्षमा नेताहरूको बहुमत भए पनि केही नेताहरू छुट्ने डर नेता नेपाललाई छ ।

शनिबार जिल्ला अध्यक्ष र सचिवहरूको भेलामा नेता नेपालले पनि नयाँ पार्टी गठनका विषयमा समूहभित्रै दुई मत देखिएको एक नेताले बताए।

भर्चुअल बैठकमा सहभागी ती नेताका अनुसार नेता नेपाल तत्काल नयाँ पार्टी गठन गरेर अगाडि बढ्ने सोचमा भए पनि केही नेताहरूको कारण रोकिएका छन्।

जवाफमा नेता नेपालले समूहका केही नेताहरू अझै पनि मिल्न सकिन्छ कि भनेर ओली पक्षसँग वार्तामा बसेकाले निर्णय गर्न कठिनाइ भएको बताका थिए। नेता नेपालले समूहका केही नेता अझै ओली पक्षसँग संवाद गरेर परिणाम निकाल्छौँ भनेर लागे पनि त्यो सम्भावना नरहेको बताए।

प्रतिक्रिया दिनुहोस्