प्रधानमन्त्री ओलीले गरे मन्त्रिपरिषद्‍मा व्यापक हेरफेर, नयाँ मन्त्रीहरुको सपथ राति ८ बजे

काठमाडौं, जेठ २१ । प्रधानमन्त्री केपी ओलीले शुक्रबार मन्त्रिपरिषद्‍मा व्यापक हेरफेर गरेका छन्।

जनता समाजवादी पार्टी (जसपा))महन्थ ठाकुर र राजेन्द्र महतो समूहलाई सरकारमा सहभागी गराउँदै ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्दा व्यापक हेरफेर गर्ने निर्णय गरेका हुन्। यस्तै जनता समाजवादी पार्टीका असन्तुष्ट नेताहरु र एमालेका नयाँ मन्त्रीहरुको सपथ ग्रहण आज राति ८ बजे हुने भएको छ ।

नयाँ मन्त्रीहरुको सपथ ग्रहण राति ८ बजेका लागि तय भएको शीतलनिवास स्रोतले जानकारी दिएको छ ।
महन्थ ठाकुर पक्षका जसपाका ८ नेतालाई मन्त्री र दुईजनालाई राज्यमन्त्रीमा सपथ खुवाउने तयारी छ ।

त्यसैगरी एमालेका पहिलो लटमा मन्त्री बनेकाहरुलाई हटाएर नयाँलाई ल्याइने भएको छ । एमालेका चारजनालाई मात्रै बाँकी राखेर अरुलाई हटाइने भएको छ ।

प्रतिक्रिया दिनुहोस्